एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोरबारुको चौथो अधिवेशन जुलाई १६ मा हुँदै।

जोहोरबारु (मलेसिया):= यतिबेला विश्वभर बसोबास गरिरहेका गैर आवासीय नेपाली अर्थात एनआरएनएहरु एकजुट भएर स्थापना गरेको संस्थाको अधिवेशन मलेसियासंगै अन्य विभिन्न देशमा धमाधम भैइरहेको छ।

सोही क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरबारुको चौथो अधिवेशन यहीँ मिति सन् २०२३ जुलाई १६ तारिखको दिन आयोजना हुने भएको छ ।

यसअघि क्षेत्रीय समिति जोहोरको अधिवेशन गएको महिना जुन १६ तारिख हुने तय भएको थियो , तर एनआरएनए केन्द्र ग्लोबलको विभाजित दुईसमुहबीच समायोजन भएर एकजुट भएपछि सोही अनुरुप अधिवेशन स्थगित भएको थियो। तर अब स्थगित भएको उक्त अधिवेशन तोकिएकै मितिमै सम्पन्न हुने क्षेत्रीय समिति जोहोरका अध्यक्ष हरि बस्नेतले जानकारी दिनुभयो।

हेर्नुहोस् एनआरएनए क्षेत्रीय समिति जोहोरले सार्वजनिक गरेको सूचना :

सम्बन्धित सबैमा यो जानकारी गराइन्छ कि हाम्रो यस गौरबसाली सस्था” गैर आवासीय नेपाली संघ मलेसिया एनआरएनए ” क्षेत्रीय राज्य समिती जोहोरको “चौथो अधिबेशन” भब्य रुपमा सम्पन्न हुन गैरहेकोले उक्त दिन मलेसिया को जोहोर क्षेत्रमा बसोबास गर्दै आउनु भएका सम्म्पुर्ण ब्याबसायी, पत्रकार, कलाकार, खेलाडी बुद्धिजीवी बर्ग लगाएत समस्त नेपाली दाजु भाई तथा दिदि बहिनिहरु लाई यहाँहरुको गरिमामय उपस्थितीको लागी यो सुचना जारी गरिएको छ

मिती: १६ जुलाई २०२३
समय : बिहान १०:०० बजे
स्थान : Teega Suites Puteri Harbour, Iskandar Puteri Johor

गत कार्यकालको समापन, बिबिध मनोरञ्जनात्मक प्रस्तुतिहरु, नयाँ कार्य समितीको सपथ ग्रहण,सुभ-कामना आदान प्रदान तथा खानपान लगाएतका कार्यक्रमहरु तय गरिएको हुनाले तोकिएको समयमै उपस्थित भैदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ! धन्यवाद  ।