सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्र ‘बगान’ असार २९ गतेदेखि प्रदर्शन।

काठमाडौं := चलचित्र ‘बगान’ यही असार २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्र ‘बगान’ को सिनेमाघरमा आउने मितिसहित सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका प्रमुख कलाकार सरोज खनाल, करिष्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्की समेटिएको छ ।

चलचित्रमा तीन पुस्ताका कलाकारहरूको एकसाथ अभिनय देख्न सकिनेछ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुसालसहित नीर शाह, मिथिला शर्माको पनि चलचित्रमा अभिनय छ ।

चलचित्रको विषयबारे प्रष्ट पार्दै निर्देशक खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनील पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको जानकारी गराउनुभयो। ‘बगान’का निर्माता सुरेश वाग्ले हुनुहुन्छ भने कार्यकारी निर्माता विनोद मानन्धर रहनुभएको छ ।