बाजुराका राजेन्द्र सिंह उपचार पश्चात् मलेसियाबाट सकुशल स्वदेश फर्किए।

[ दिनेश खड्का खप्तडी ] 

क्वालालम्पुर (मलेसिया):= बाजुराका राजेन्द्र सिंह मलेसियाबाट सकुशल स्वदेश नेपाल फर्किएका छन्। मलेसियास्थित नेपाली राजदूतावासको समन्वयमा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको हवाई टिकट सहयोगमा शुक्रबार हिमालयन एयरलाइन्समार्फत सिंह स्वदेश फर्किएका हुन्।

सिंह गत फ्रेबुअरीमा मलेसियामै सडक दुर्घट्नामा परि घाईते भएका थिए। दूतावासमा कार्यरत जनसम्पर्क अधिकृत टेक बहादुर बुढाको पहलमा घाइते सिंहको केलाङस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको थियो। एकाएक सम्पर्क बिहीन भएका सिंह लाई सुबास पुनले पुनःह अचेत अवस्थामा भेटिए पछि फ़ेरि राजदूतावासको सम्पर्कमा आएका थिए।

उनलाई स्वदेश फिर्ता गराउनको लागि सहज होस् भन्ने  उदेश्यले सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले हवाई टिकटको ब्यावस्था गरेको थियो , भने मलेसिया अध्यागमन विभाग (इमिग्रेशन) लाई बुझाउनु पर्ने जरिवाना घाइतेको आफन्त रोहित सिंह ठकुरीले तिरिदिएका थिए।

पारिवारिक रुपमा पनि आर्थिक कमजोर रहेका सिंह लाई स्वदेश फिर्ता गराउन पाउदा असाध्यै खुसी बनाएको समाजका महासचिव शिव बहादुर ऐरले बताए । सििंह शुक्रबार साझ ६:३५ बजे सकुशल स्वदेश फर्किएका हुन्।