आजदेखी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू।

क्वालालम्पुर (मलेसिया):= नेपाल एयरलाइन्सले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ। एनएसीले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो ।

मलेसियाको क्वालालम्पुरबाट आएको एनएसीको विमान मंगलबार बिहान साढे ७ बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ। पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्ने तयारी गरिएको छ । विमान भैरहवा अवतरण गरेर काठमाडौं आउने छ ।

विमानले हरेक मंगलबार नियमित उडान गर्ने जनाइएको छ ।एनएसीले दिल्ली–भैरहवाका लागि पनि उडानको तयारी गरिरहेको छ । तर, सम्बन्धित निकायबाट उडान अनुमति भने पाएको छैन ।