नेपाल एयरलाइन्सको जहाजले मलेसियाको क्वालालम्पुरबाट भैरहवा उडान भर्ने, टिकटको रेट आरएम ३९० रिंगेट।

क्वालालम्पुर := राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको उडान भर्ने भएको छ।

नेपाल एयरलाइन्सको जहाजले पहिलोपटक क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्न लागेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको जहाज क्वालालम्पुरबाट उडेर भैरहवामा ल्याण्ड हुने जानकारी दिएका छन्।

निगमको जहाज मंगलबार बिहान ७:४० बजे भैरहवामा ल्याण्ड हुने मन्त्री किरातीले जानकारी दिएका छन्। मन्त्री किरातीले निगमको पहिलो क्वालालम्पुर–भैरहवा उडानका यात्रुलाई स्वागत गर्न आफैं विमानस्थल जान लागेको जानकारी दिएका छन्।