इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जित्यो।

LA PLATA, ARGENTINA - JUNE 11: Players of Uruguay lift the champion trophpy during the FIFA U-20 World Cup Argentina 2023 Final match between Italy and Uruguay at Estadio La Plata on June 11, 2023 in La Plata, Argentina. (Photo by Buda Mendes - FIFA/FIFA via Getty Images)

एजेन्सी (ब्युनर्स आयर्स):= फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्कप बिजेता बनाउन सफल भयो ।

उरुग्वेले विश्वकपको उपाधी उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधी उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।

अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधी उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।