रेशम चौधरीको ‘कस्तो होला भाटु राजाको दरबार’ को नयाँ कभर म्युजिक भिडियो सार्वजनिक।

कैलाली := टिकटकमा भाइरल भएको पुर्व सांसद एवम् बहुप्रतिभाको धनी रेशम चौधरी र गायीका आभा मुकारुङको स्वरमा रहेको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ को नयाँ कभर म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रेशमकै संगीत, रामचन्द्र बोगटीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । थारु समुदायभित्रको रहन सहन, कला सांस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठलगायतलाई फिचरिङ गरिएको छ।

सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाले खिचेको भिडियोका निर्देशक सागर क्षेत्री हुनुहुन्छ । केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको भिडियोलाई कुमार कार्कीले निर्माण गर्नुभएको हो। भिडियोलाई कुमार कार्कीले निर्माण गरेका हुन् ।