गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा नेपाली सेनाको बिशेष प्रदर्शन।

काठमाडौं := गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो। सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले बारम्बारको व्यवस्था परिवर्तन अब मुलुकले धान्न नसक्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको व्यवस्थाले नेपाली जनताको हातमा अधिकार पुगेको र राज्यस्तरमा पनि जनताको पहुँच र अधिकार स्थापित भएको बताए।

‘केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्‍याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन,’ शुभकामना सन्देशमा भनिएको छ। उनले लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा जनतासामू गरिएका वाचा कति पूरा भएर भन्ने समीक्षा गर्न पनि आवश्यक रहेको बताएका छन्।

‘आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ,’  राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्। राष्ट्रपति पौडेलले जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै रहेको भन्दै सत्तरी वर्ष सङ्घर्ष गरेर देशमा एउटा प्रणालीको टुङ्गो लगाएको बताएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्‍याउन सर्वोत्कृष्ट माध्यमको काम गर्ने बताउँदै राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थितिले त्यसलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती देखिएको बताए।

‘यो चुनौतीको सामना गर्न शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता हो । यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो सर्त हो,’ सन्देशमा भनिएको छ।

उनले  विपन्न, निमुखा र मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार भएको बताए। ‘उहाँहरूको उत्थान नहुँदासम्म समृद्ध नेपाल निर्माण हुँदैन भन्ने कुरालाई ध्यानमा राखी हाम्रा नीति तथा योजनाहरू त्यसैमा केन्द्रित होऊन् भन्ने म चाहन्छु,’ राष्ट्रपती पौडेलले भनेका छन्।

345054356_976337623551690_3680193983571072351_n.jpg1685332682.jpg

345048887_1284755155749747_6065939075345342610_n.jpg1685332681.jpg344991733_773698411062471_4196128433273470155_n.jpg1685332675.jpg344794874_643924557166417_2647140284991435785_n.jpg1685332674.jpg344772666_5757492084350283_5898318290381179728_n.jpg1685332669.jpg344769772_951139402817796_5032972562682571323_n.jpg1685332666.jpg343797588_979384066816353_6118883941437276486_n.jpg1685332659.jpg343721377_148768141447415_79418289403070435_n.jpg1685332654.jpg343612275_2448688521952758_7786122396544808447_n.jpg1685332650.jpg343643048_282104324169878_7765140884815665970_n.jpg1685332650.jpg343586101_1007360913945424_7512266393662146643_n.jpg1685332648.jpg343417781_1327423484477814_1072741589687912448_n.jpg1685332646.jpg343388356_1015883553124720_2778154994620994209_n.jpg1685332643.jpg