६ सय आरोही विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा, ६६ करोड रोयल्टी उठयो।

सोलुखुम्बु := संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ । सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिबारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन ।

हिमाल आरोहण गर्न अनुमति दिएबापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ । पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो। सन् २०२२ मा ४७ हिमाल आरोहण बाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।