साउथ अभिनेता अल्लू अर्जुनको ‘पुष्पा २’ फिल्ममा रणवीर सिंह पनि जोडिने !

एजेन्सी (मुम्बई):= साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन् । अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन् । फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन् ।

रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए । फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन् । फिल्ममा रणवीरको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

फिल्मका निर्देशक सुकुमारले फिल्मा ठूला ठूला कलाकारको केमियो हुने बताएका छन् । उनले फिल्मको तेस्रो सिक्वेल बनाउने पनि सोच बनाइरहेको खुलाएका छन् ।

फिल्म ‘पुष्पा’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। सुकुमार निर्देशित फिल्म ‘पुष्पा २’ मा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ।