चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनलमा प्रवेश।

एजेन्सी (मुम्बई):= साबिक विजेता क्लब गुजरात टाईटन्सलाई हराउँदै महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल प्रवेश गरेको छ ।

घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेपकमा चेन्नाई १५ रनले विजयी भएको हो । दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नाई चार पटक आईपीएल च्याम्पियन भएको छ। चेन्नाईले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १५७ रन बनायो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४२ रन बनाए । अन्य खेलाडीले भने यो हंक पनि छुन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो। चेन्नाईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित ६० रनको अर्धशतकीय ईनिङ खेले ।

जितसँगै चेन्नाईले फाइनलमा स्थान बनाएको छ । फाइनल खेल आगामी आइतबार हुनेछ। पराजित गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ । गुजरातले फाइनल प्रवेशका लागि आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच हुने ईलिमिनेटर खेलको विजेतासँग शुक्रबार खेल्नेछ ।