मलेसियाबाट दूतावासको सहयोगमा पीडित नेपालीहरु धिरज र मकिन्द्र बहादुर शाही स्वदेश फर्किए।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको सहयोग, सहकार्यमा दुईजना अवैधानिक नेपाली श्रमिकहरु मलेसियाबाट सकुशल स्वदेश फर्किन सफल भएका छ्न।

नेपाल ठेगाना मुखियापट्टि मुसहरनिया-८ धनुषा जिल्ला निवासी पीडित नेपाली श्रमिक धिरज कुमार महासेठ बिगत कैयौं बर्षदेखि मलेसिया रोजगारीमा रहेर रोजगारदाता कम्पनी छाडेर भागेर अवैधानिक (इलिगल) हैसियतमा काम गर्दै आएका थिए।

धिरज कुमार महासेठ अवैधानिक हैसियतमा काम गरिरहेकै बेला आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएर अस्पतालमा उपचाररत रहेका थिए। अस्पतालबाट डिस्चार्ज गराएर अध्यागमन बिभागको जरिवाना रकम , हवाई टिकट लगायत सबै रकम दूतावासलेनै तिरिदिएर आवश्यक कानुनी प्रक्रिया पूरा गराइ सम्पुर्ण कागजत उपलब्ध गराइ सकुशल स्वदेश फर्काइएको नेपाली दूतावास मलेसियाका जनसम्पर्क अधिकृत जय प्रकाश गिरिले मलाया खबरलाई जानकारी दिनुभयो।

मलेसियास्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा पीडितहरुसंग जनसम्पर्क अधिकृत जय प्रकाश गिरि।

त्यस्तै अर्का एक मानसिक सन्तुलन बिग्रेको नेपाली श्रमिक क्वालालम्पुर कोतरायाको सडकमा बेवारिसे अवस्थामा फेला परेका थिए। नेपाल ठेगाना घर स्वामीकार्तिक खापर -१ बाजुरा जिल्ला निवासी मकिन्द्र बहादुर शाहीलाई समेत स्थानीय अस्पतालमा उपचार पश्चात् नेपाली दूतावासकै सहयोग सहकार्यमा स्वदेश फर्काइएको हो।

मकिन्द्र बहादुर शाही मलेसियामा रोजगारीमा आएर रोजगारदाता कम्पनी चाडेर भागेर कैयौं बर्षदेखि अवैधानिक हैसियतमै रहि  मानसिक सन्तुलन बिग्रेर कोतराया वरिपरि सडकमा एक्लै भौतारिदै हिड्ने र सडकपेटिमै सुत्ने गरेका थिए।

मकिन्द्रलाई यस्तो नाजुक अवस्थामा देखेर भेटेर सामान्य सोधपुछपछि मलेसियामै कार्यरत केहि नेपाली श्रमिकहरु र अभियन्ताहरुले गाडीमा बोकेर दूतावास पुर्याएर अस्पताल भर्ना गराएका थिए। अस्पतालमा दुई महिनासम्म उपचार गराए पश्चात् डिस्चार्ज गराएर सकुशल स्वदेश फर्काइएको अधिकृत गिरिले बताउनुभयो।

ती दुबैजना नेपाली श्रमिकहरु यहीँ मिति सन् २०२३ गएको बुधबार मे १७ तारिख नेपाल स्वदेश फर्किएका हुन।
पछिल्लो समय नेपाली दूतावासले सकृयताको साथ विभिन्न कारणबँस मलेसियामा अलपत्र परेका तथा पीडित नेपालीहरुलाई सहयोग गर्ने लगायतको कैयौं उदाहरणीय कार्यहरु गर्दै आईरहेका छ्न।