बंगलादेशमा जनसंख्याको आधाभन्दा बढी जनताले गरिबी जीवन बिताउदै।।

बंगलादेश:= कोभिड-१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बंगलादेशको अग्रणी थिंक ट्यांकले बुधबार जनाएको छ ।

बंगलादेशको स्वायत्त बहु-अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बंगलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बीआईडीएस) ले गरेको एक सर्वेक्षणअनुसार बंगलादेशको राजधानी ढाकाजस्तो शहरमा पनि शहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ ।

बिड्सले ढाकामा आयोजित बिड्स रिसर्च अल्मानेक-२०२३ मा उक्त जानकारी दिएको हो । बिड्सका महानिर्देशक विनायक सेनले विकासलाई दिगो बनाउन जनताको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।

कोभिड-१९ को महामारीले मुलुकको अर्थतन्त्रमा पारेको असरका कारण नयाँ सामाजिक वर्गको उदय भइरहेको प्रमाणले देखाएको उहाँले बताउनुभयो ।
उहाँले सहरी जनसंख्याको करिब एक दशांस भाग यही वर्गमा पर्ने बताउनुभयो ।

यसअघि विज्ञहरूले बंगलादेशले गरिबी निवारणमा ५० वर्ष पुग्दा हासिल गरेको सफलता पनि महामारीका बेला कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेकाले गुमेको बताउनुभएको थियो । एजेन्सीको सहयोगमा