काठमाडौं := प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको आदेशका कारण सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सूचना आयोगले सर्वोच्चमा एक मुद्दा हालेको र त्यो मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नदिएको आदेश आएको जानकारी दिए ।
थरुहट र मधेस आन्दोलनसँग सम्बन्धी घटनाको सत्य-तथ्य पत्ता लगाउन लाल आयोग गठन गरिएको र त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफू तयार रहे पनि सर्वोच्चको आदेशका कारण अहिले सार्वजनिक गर्न नसक्ने बताए । तर अब आदेशको पुनरावेदन गरेर भए पनि प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता छ ।




















