झापा:= वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया र दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रकम असुल्ने पुर्व मेयरका छोरा पक्राउ परेका छन् । पाँचजनालाई अस्ट्रेलिया र ११ जनालाई दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रकम ठगी गरेर फरार रहेका अनिल ओली पक्राउ परेका हुन् ।
दमक नगरपालिका– ५ का ३५ वर्षीय ओलीले दमक नगरपालिका पूर्वमेयर रोमनाथ ओलीका छोरा हुन्। अस्ट्रेलिया र दक्षिण कोरिया पठाइदिने भन्दै दमक– २ बस्ने कृष्ण अधिकारीलगायतसँग ४५ लाख रुपैयाँ लिएको उजुरी पछि उनी पक्राउ पर्ने डरले फरार भएका थिए ।
जिल्ला अदालत भद्रपुरले ठगी धन्दाका आरोपी ओलीको नाममा पक्राउ पुर्जी जारी गरे पछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।




















