एजेन्सी := इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ। शनिबार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३-० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो।
गुडिसन पार्कमा आइतबार राति भएको सहज जीतको खेल पछि दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो। म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो।
पहिलो हाफको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएको केही बेरमा अर्थात् ३९ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाउन सफल भए।
यसैगरी, दोस्रो हाफको ५१औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जीतकाे स्थितिमा ल्याइ दिए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेनन्, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधी होडतर्फ थप अग्रसर हुन पुग्यो।
यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सीमित रहेकाे छ।
उता, समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधि होडमा आफूलाई शिर्षस्थानमा राखेको छ।