क्वालालम्पुरको पाङ्ग्सापुरि अपार्टमेन्टमा छापामारीमा नेपालीसहित ९१ जना अवैधानिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुरमा अवस्थित बाङ्सार क्षेत्रमा पर्ने जालान काम्पुङ अब्दुल्ला हुकुममा रहेको एक अपार्टमेन्ट युनिटमा बसेका सयौं अवैधानिक विदेशी श्रमिकहरुलाई पक्राउ गरिएको छ।

मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन)को अधिकारीहरुले छापामारी गरि ती अवैधानिक श्रमिकहरुलाई पक्राउ गरेको हो।क्वालालम्पुर अध्यागमन निर्देशक श्यामसुल बद्रिन मोहसिनले सो अपार्टमन्टमा अत्याधिक धेरै विदेशीहरूको संख्या रहेको र ती विदेशी श्रमिकहरुले गर्ने गरेको नराम्रो क्रियाकलापले चिन्तित स्थानीय बासिन्दाहरूको गुनासो पछि मलेशियन अध्यागमन विभाग (जिम) क्वालालम्पुरका अधिकारीहरूको टोलीले स्वीप अपरेशन (ओप सपु) गरेको स्थानीय सञ्चार माध्यमलाई बताएका छ्न।

मध्यरात १२ः१५ बजेबाट सुरु भएको अपरेसनमा अपार्टमेन्टका झण्डै एक सय घरको निरीक्षण गरिएको उनले बताए । २५४ विदेशीको निरीक्षणका क्रममा २० देखि ५५ वर्ष उमेर समूहका २८ महिलासहित कुल ९१ जना अवैधानिक आप्रवासी श्रमिकहरु पक्राउ परेका छन् । पक्राउ पर्ने अवैधानिकहरुमा ३३ इन्डोनेसियाली, बंगलादेश २१, म्यानमार १७, पाकिस्तान ९ , नेपाल ८ , भारत दुई र एक फिलिपिनो देशका श्रमिकहरु रहेका छन् ।

निर्देशक बद्रिन मोहसिन ले भने, ‘ छापा मार्दा केही पाटीसले लुक्ने प्रयास गरे र ढोका नखोलेर सहयोग गर्न अस्वीकार गरे ।
पक्राउ परेका तिनीहरु बंगसार क्षेत्र वरपरका ठाउँहरुमा सरसफाइ र निर्माण गर्ने मजदुरको रूपमा काम गर्ने गरेका छन्। “यो घर एकाईमा तीनवटा कोठाहरू छन् र धेरैजसो घरहरू मालिकले परिमार्जन गरेका छन् ताकि उनीहरूले १० जनासम्म बस्न सक्छन्। छापामारीको क्रममा वैध कागजात भिसा नभएको अवैधानिक सबैलाई पक्राउ गरेर लगिएको बताए। Source : Harian metro online and Jabatan imigresen malaysia