वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको लागि पुन:एकीकरण कार्यक्रम, १५ करोड अनुदान।

?????????????????????????????????????????????????????????

काठमाडौं := सरकारले कोभिड महामारीका बेला सञ्चालन गर्ने तयारी गरेको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुन:एकीकरण कार्यक्रम बल्ल कार्यान्वयनमा ल्याएको छ ।वैदेशिक रोजगार बोर्डको कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पठाएका १५६ स्थानीय तहमध्ये ८१ पालिकामा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

सरकारले लामो समयदेखि वैदेशिक रोजगारबाट फर्केका युवाका लागि पुन: एकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी भएको भए पनि निर्देशिका स्वीकृति नहुँदा मार्यक्रम सञ्चालन हुन लामो समय लागेको हो । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले अन्तिम छनोटमा परेका मध्ये ८१ स्थानीय तहले १५ करोड रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।