एजेन्सी (मुम्बई):=शेफाली जरीवाला सामाजिक सञ्जालमा निकै सक्रिय देखिनुहुन्छ । शेफाली प्रायः आफ्नो इन्स्टा एकाउन्टमा श्रीमानसंगको तस्वीर शेयर गर्नु हुन्छ। सामाजिक सञ्जालमा पनि शेफालीलाई ठूलो संख्यामा फलो गरेको पाइन्छ।
सन् २००२ मा आएको शेफालीको गीत ‘काटाँ लगा’ निकै लोकप्रिय भएको थियो । यो गीतले शेफालीको जीवन रातारात बदलिदियो र त्यसपछि उहाँ ‘काँटा लगा गर्ल’को नामबाट चर्चित हुनुभयो । शेफालीको नयाँ फोटो हेरेपछि धेरैजना छक्क पर्नुहुन्छ किनभने उहाँ अहिले पनि पहिले जस्तै सुन्दर र ग्लामरस देखिनुहुन्छ।

शेफाली जरिवालाको इन्स्टा अकाउन्ट उहाँका सुन्दर तस्वीरहरूले भरिएको छ । उहाँका हरेक पोस्टमा फ्यानले माया वर्षाइरहेका छन् । हालै शेफालीले स्विमसुट लगाएका आफ्ना केही तस्वीर शेयर गर्नुभएको छ । जसलाई देखेपछि फ्यानहरू रमाइलो मानिरहेका छन्।

शेफालीले शेयर गरेका पछिल्लो तस्वीरमा, जसमा उहाँ कालो रंगको स्विमसुटमा देखिनुभएको छ । यी तस्वीरहरू मध्य गोवाका हुन्, जसमा शेफाली विभिन्न पोजमा देखिनुभएको छ।




















