नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन।

काठमाडौं := नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ। मंगलबार  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीको सांसद पद निलम्बन गर्नुभएको हो ।

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो । कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।