विश्व बैंकले नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण दिने।

काठमाडौं := विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ । हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले  नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो ।

सो निर्णयसँग विश्व बैंकले करिब  १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो ।स्वास्थ्य बिमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्ने जनाइएको छ ।