क्वालालम्पुर (मलेसिया):= नेपाल पर्यटन बोर्ड तथा सोत्तो (SOTTO) नेपाल द्वारा आयोजीत नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसिया तथा अन्य कृयाशिल संघसंस्थासंग समन्वय नभएको प्रति गैरआवासीय नेपाली संघ मलेसियाले ध्यानाकर्षणसहित अप्रिल २९ तारिख एक प्रेस विज्ञप्ति जारी गरेको थियो।
गैरआवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले प्रेस विज्ञप्ति प्रस्तुत गरेका थिए । प्रेस विज्ञप्तिमा नेपालको पर्यटन प्रबर्द्धन महत्त्वपूर्ण कार्यक्रमहरुको बारे बेखबर रहेको र समन्वय नभएको प्रति ध्यानाकर्ण भएको र आगामी कार्यक्रमहरुमा समन्वय र सहकार्य गर्न आग्रह गरेकोछ ।
मलेसियामा पेसा ब्यवसाय गरि नेपाल र नेपालीको हितको लागि लामो समय देखि कार्य गर्दै आएको र नेपाल पर्यटन बोर्डले उपेक्षित गरेको प्रति ध्यनाकर्षण गराउदै सहकार्य र समन्वयबाट मात्र नेपालको पर्यटन र बिकास सम्भव रहेको गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले बताए ।
यस्तै नेपाली दुतावासलाई पनि आधिकारी जानकारी नआएको र मौखिकरुपमा कार्यक्रम हुन पहिले केही समयमा मात्र निमन्त्रणा आएको नेपाली दुतावास मलेसियाका उपनियोग प्रमुख मोति श्रीषले बताए साथै नेपालको पर्यटन प्रबर्द्धनको लागि लक्षित देशहरुमा रहेको दुतावास तथा संघसंस्था संग समन्वय गर्न जरुरीरहेको पनि जानकारी गराए ।
उक्त कार्यक्रमको आयोजक रहेको SOTTO नेपालका अध्यक्ष नारायण पराजुलीले भुलबस समन्वयमा चुकेको बताउदै माफी समेत मागेका थिए साथै पछिल्ला कार्यक्रमहरुमा समन्वय गर्ने प्रतिबद्धता जाहेर गरे । नेपाल पर्यटन बोर्डका अफिसर मणीराज लामिछानेले आयोजक संस्थाको दिमागमा यस बिषय गहिरो गरि बसेकोले फेरी फेरी समन्वय गर्न नचुक्ने बताए ।
गैरआवासीय नेपाली संघ पर्यटन प्रबर्द्धन संयोजक तथा बेलायतका लागि नेपाली पर्यटन सद्भावदूत सोम साप्कोटाको पहलमा नेपाली दुतावास मलेसियाको उपनियोग प्रमुख मोति श्रीष, नेपाल पर्यटन बोर्डका अफिसर मणिराज लामिछाने, गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, SOTTO नेपालका अध्यक्ष नारायण पराजुली, मलेसियाका लागि पर्यटन सद्भावदूत नेत्र केसी लगायत २ दर्जन बढीको उपस्थितिमा होटल ग्राण्ड कन्टिनेन्टलको सभा हलमा अन्तरकृया कार्यक्रम भएको थियो ।




















