स्पेनिस ला लिगा फुटबल: बार्सिलोनाले बेटिसलाइ ४–० गोलले हरायो।

एजेन्सी := उपाधीका लागि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफनो दाबेदारी कायमै राखेको छ। शनिबार राति भएको खेलमा बेटिसलाइ लाई ४–० ले हराउँदै आफनो दाबेदारी कायमै राखेको हो ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं मिनेटमा सुरुवाती गोल गरेका थिए। खेलको ३६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले थप एक गोल गरे भने त्यसको तीन मिनेट पछाडी अर्थात ३९ औं मिनेटमा राफिन्हाले अर्को गोल गरे पछि बार्सिलोना पहिलो हाफ नै ३–० को अग्रता लिन सफल भएको थियो ।

हुन त बेटिसका एडगर गोन्जालेज ३३औं मिनेटमा रातो कार्ड पाउदै मैदान बाहिरिए पछि पहिलो हाफवाट नै टिम १० खेलाडीमा समेटिन पुगेको थियो । बार्सिलोनाको चर्को दबाबमा परेको बेटिस त्यो बेला झन चर्को दबाबमा रहन पुग्यो, जुन बेला बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा बार्सिलोनालाई आत्मघाती गोल उपहार दिए । अन्ततः खेल ४–० मा नै टुंगियो।

जितपछि बार्सिलोनाको ८२ खेलबाट ७९ अंक छ । अब लिगमा ६ चरणको खेल बाँकी हुँदा बार्सिलोनाले ३ खेल जितेमा उपाधि जित्नेछ ।