नयाँ दिल्ली:= राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै हुनुहुन्छ। नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार एम्स अस्पतालमा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लाग्नुभएको हो।
‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकले आज(आइतबार) अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको छ ।
छात्तिमा जमेको पानीमा संक्रमण देखा परे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उहाँ उपचारका लागि नयाँ दिल्ली जानुभएको थियो ।
गत वैशाख ६ गते श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली जानुभएका पौडेल दश दिन पछि डिस्चार्ज हुन लाग्नुभएको हो। छात्तिमा समस्या देखा परे पछि उहाँ ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।
सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो।




















