काठमाडौं := प्रख्यात संगीतकार शम्भुजित बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भन न’ सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेञ्ज रहेको गीतको भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो।
निकेश खड्काको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारीको अभिनय छ । बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन रहेको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ।
लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आउनुभएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता, गजललगायत विभिन्न साहित्यिक लेखनमा निरन्तर हुनुहुन्छ।



















