नेपाली दूतावास मे १ र ४ तारिख बन्द रहने, बुद्ध जयन्तीमा सहभागी हुन नेपाली समुदायलाई आग्रह।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासबाट प्रभाव हुने कन्सुलर सेवा दुई दिन बन्द रहने भएको छ।

यहीँ बर्ष २०८० वैशाख १८ गते तदनुसार सन् २०२३ मे ०१ तारिख सोमबारको दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस (international labour Day) र २०८० साल वैशाख २१ गते तदनुसार सन् २०२३ मे ०४ तारिख बिहिवारको दिन वेसेक डे (vesek Day) अर्थात बुद्द जयन्तीको शुभ अवसरमा दूतावासबाट नियमित प्रभाव हुँदै आएको कन्सुलर सेवा बन्द रहने एक सूचनामार्फत जनाएको छ।

साथै नेपाली राजदूतावास मलेसियाले यी दुई चाडपर्वको अवसरमा मलेसियामा बसोबास गर्ने सम्पुर्ण नेपाली जनसमुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

त्यस्तै यता नेपाली दूतावासकै अगुवाई र मलेसियामा रहेका विभिन्न संघसंस्थाको सहयोग , सहकार्यमा मे ४ तारिखको दिन भब्य रुपले ( Budha was born in nepal) भन्ने मुल नाराको साथ बुद्ध जयन्ती मनाउने तयारी तीब्र रुपमा चलिरहेको छ।

मे ४ तारिख बिहान नेपाली दुतावास मलेसियाबाट “प्रभात फेरी” य्राली सहित ब्रेकफिल्डमा अवस्थित एक सभाहलमा प्रवेश गर्ने, औपचारीक कार्यक्रम समापन पश्चात मलेसियाको बौद्ध विहार त्रिरत्नद्वारा आयोजीत बृहत य्रालीमा सहभागी हुने कार्यक्रम तय भएको छ।

बुद्ध जयन्ती कार्यक्रम नेपाल र सम्पूर्ण नेपालीहरुको भएकोले उक्त दिन अनुसाशीत र उत्साहजनक सहभागीता जनाउन मलेसियामा कार्यरत सम्पुर्ण नेपाली जनसमुदायमा महामहिम राजदुत डिल्लीराज पौडेलले आग्रह गर्नुभएको छ।