ग्लोबल आइएमई बैंकमार्फत केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट अफर।

काठमाडौं := ग्लोबल आइएमई बैंकले नवलपुर जिल्लाको गैंडाकोटमा रहेको मौलाकालीका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट अफर ल्याएको छ । योजनाअन्तर्गत बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्युआरबाट भुक्तानी गर्दा टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको साझेदारीमा सार्वजनिक गरेको योजनाअन्तर्गत मौलाकालीका केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम् सय रुपैयाँसम्म छुट प्रदान गर्ने भएको हो । छुट योजना सीमित अवधि रहने बैंकले जनाएको छ।