तनहुँ := तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर मतसहित अग्रता कायमै राखेका छन् । उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको पछिल्लो मतपरिणाम अनुसार करिब आठ हजार मत गणना हुँदा वाग्लेले ४३०३ मत प्राप्त गरेका छन् ।
बाग्लेले पाएको मत निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन्।
निर्वाचन आयोगका अनुसार वाग्लेले चार हजार ३०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भट्टराईले १९३३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत पाएका छन् ।
आयोगका अनुसार अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना गर्ने काम सकिएको छ । अन्य क्षेत्रको मतगणना जारी छ ।




















