नयाँ वर्ष २०८० का अवसरमा आइएमईको ७ मा ७ अफर।

काठमाडौं := ७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ भन्ने नाराका साथ आइएमईले नयाँ वर्ष २०८० का अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता प्रत्येक प्रदेशबाट एकजनाले सात प्रदेशका सातजना गरी सात हप्ताका कुल २८ भाग्यशाली विजेतालाई उपहारस्वरूप जनही नगद सात हजार प्रदान गरिने कम्पनीले जनाएको छ ।

योजना २०८० वैशाख ३१ गतेसम्म लागू हुनेछ । विदेशमा रहेका नेपालीले आइएमई वा आइएमईका साझेदारमार्फत् पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टबाट प्राप्त गरी योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।