एजेन्सी (मणिपुर):= मिस इण्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले चुम्नुभएको छ । भारतको मणिपुरको इम्फालमा आयोजित मिस इण्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इण्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिराउनु भएको हो । अब नन्दिनी मिस वल्ड-२०२३ मा भारतको प्रतिनिधित्व गर्ने हुनुभएको छ ।
प्रतियोगितामा श्रेया पूजा फष्र्ट रनरअप र स्ट्रेला थौनाओजम लुवांग सेकेण्ड रनरअप हुनुभयो । नन्दिनी हाल मुम्बईको एक कलेजबाट व्यवसाय व्यवस्थापन संकायको स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत रहनुभएको छ ।





















