एजेन्सी := फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएजीले लेन्समाथि ३–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरे । लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए ।
लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल खेल्दै १३९ गोल गरेका उनले एडिनसकन कभानीको कीर्तिमान तोडे ।
पीएजीका लागि भिटिन्हाले ३७औं र ४०औं मिनेटमा लिओनल मेसीले गोल गरे । त्यसअघि खेलको १९औं मिनेटमा लेन्सका अब्दुल समेत रातो कार्ड पाउँदै बाहिरिएका थिए ।लेन्सका लागि ६०औं मिनेटमा प्रेमाइस्ल फ्रांनकोस्कीले पेनाल्टीमा सान्त्वना गोल गरे ।
यस जितसँगै पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।



















