काठमाडौं := ग्लोबल आइएमई बैंकले नयाँ वर्ष २०८० का अवसरमा ग्राहकलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचेजस्तै बैंक खाता’सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्राहकको चाहनाबमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सोभन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्नेछ ।
साथै सोचेजस्तै बैंक खाता खोल्ने ग्राहकले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ तथा भिजा डेबिट कार्ड निःशुल्करूपमा प्राप्त गर्नेछन् भने लकर सुविधामा पहिलो एक वर्षका लागि ५० प्रतिशत छुट पाउनेछन् ।




















