क्वालालम्पुर (मलेसिया):= मलेसियामा बुद्ध जयन्ती सभ्य,भब्य रुपले मनाउने भएको छ। मलेसियास्थित नेपाली राजदूतावास मलेसियाको प्रमुख आयोजना तथा विभिन्न क्रियाशिल नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाउने तय भएको हो।
अप्रिल १३ तारिख नेपाली राजदूतावास मलेसियाको सभाहलमा विभिन्न संघसंस्थाको प्रतिनिधिहरु मिलेर बसेको संयुक्त बैठकले यहीँ बर्ष सन् २०२३ मे ४ तारिख बिहिवार मलेसियामा परेको वेसेक डे को दिन २५६७औं बुद्ध जयन्ती नवितम र सृजनात्मक तवरले मनाउने निर्णय गरेको हो।
बैठकले गरेको निर्णय अनुसार राजदूत डिल्लीराज पौडेलको प्रमुख नेतृत्वमा बुद्ध जयन्ती मनाउन आवश्यक पर्ने मुल आयोजक समिति समेत गठन गरिएको छ। जसको ब्यवस्थापन समितिको संयोजकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष बिनोद थापा, अर्थ ब्यबस्थापन समितिको संयोजकमा मलेसियाका लागि पर्यटन सद्भावनादुत नेत्र (नन्द) केसी, पुजा ब्यवस्थापन समितिको संयोजक नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपन राई हुनुहुन्छ ।

त्यस्तै स्वयंसेवक समितिका संयोजक गैरआवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष हेमराज साप्कोटा, संकृतिक तथा कलाकार ब्यवस्थापन समिति संयोजक ईश्वर राई र बुद्ध जयन्ती प्रचारप्रसार समितिका संयोजकमा आरएन चौधरी थारुलाई जिम्मेवारी दिईएको छ। साथै, अर्थ ब्यवस्थापन समिति संयोजक नेत्र (नन्द) केसी साथै सदस्य इन्द्र नारायण लिम्बू, योगेन्द्र कुवर, शेर बहादुर गुरुङ, बिपिन राई र दिल कुमार केरुङ रहेका छन । अन्य समितिहरुको पुर्णताकोलागी सम्बन्धित समितिका संयोजकहरुलाई जिम्मेवारी दिइएको नेपाली दुतावास मलेसियाका उपनियोग प्रमुख मोति बहादुर श्रीषले बताउनुभयो।

बैठकमा भगवान बुद्धका बारेमा सत्य संदेश विश्व भर पुय्राउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने सुवर्ण अवरस भएकाले मलेसियामा रहेका सम्पूर्ण कृयाशिल संघ- संगठन , ब्यवसायीहरु र सम्पुर्ण नेपालीहरुलाई साथ, सहयोग र सक्रियताको लागि राजदुत डिल्लीराज पौडेलले आग्रह गरेका गर्नुभएको छ।
मलेसियामा रहेका सम्पुर्ण देशका राजदुतवास तथा बौद्ध धर्मालम्वीहरुलाई निमन्त्रणा गरि भगवान बुद्ध सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम आयोजना हुनेसमेत जनाएको छ । मे ४ बिहानको समयमा नेपाली दुतावास मलेसियाबाट “प्रभात फेरी” य्राली सहित सभाहलमा प्रवेश गर्ने, औपचारीक कार्यक्रम समापन पश्चात साझपख मलेसियाको बौद्ध विहार त्रिरत्न द्वारा आयोजीत बृहत य्रालीमा सहभागी हुने कार्यक्रम तय भएकोछ।

बुद्ध जयन्ती कार्यक्रम नेपाल र सम्पूर्ण नेपालीहरुको भएकोले उक्त दिन अनुसाशीत र उत्साहजनक सहभागीता जनाउन मलेसियामा कार्यरत सम्पुर्ण नेपाली जनसमुदायमा राजदुत पौडेलले आग्रह गर्नुभएको छ।
बुद्ध जयन्ती मनाउने सम्बन्धि बैठकमा नेपाली राजदुतावास मलेसिया महामहिम राजदूत डिल्लीराज पौडेल , उपनियोग प्रमुख (DCM) मोतिराम श्रीस , द्धितिय सचिव प्रेम बहादुर बुद्ध थापा , एनआरएनए अध्यक्ष बिनोद थापा , उपाध्यक्ष हेमराज सापकोटा , नेपाली ब्यावसायी समाज मलेसियाका अध्यक्ष इन्द्र लिम्बु , एनआरएनए आईसिसि सदस्य नेत्र केसी , आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राई , प्रवक्ता ईश्वर राई , जनसम्पर्क समिति मलेसियाका महामन्त्री हरि प्रसाद कोईराला, सदस्य मिलन सिंह ठकुरी , नेपाली जनप्रगतिशील मञ्च (माओवादी केन्द्र) मलेसियाको अध्यक्ष प्रेम पाण्डे , समाजसेवी न्वाङ् नुरि शेर्पा , म्यानपावर ब्यावसायी योगेन्द्र कुँवर , प्रवासी नेपाली मञ्च (एमाले) मलेसिया अध्यक्ष शेर बहादुर गुरुङ , महासचिव दयाराम कुमाल , किरात याक्थुम चुम्लुङ् मलेसिया अध्यक्ष दिल केरुङ लिम्बु , सुदुरपश्चिमेली नेपाली समाज मलेसिया अध्यक्ष दिनेश खड्का खप्तडी , अनुसन्धानकर्ता समृद्धि गुरुङ लगायतको उपस्थिति रहेको थियो।




















