उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा मिसाइल प्रहार गर्यो।

एजेन्सी := उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले बिहीबार सो जानकारी दिएका हुन् । जापानको तटरक्षकले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालयले ट्वीट गर्दै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ ।जापान सरकारले बिहीबार उत्तर कोरियाले एक संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि उत्तरी होक्काइडो क्षेत्रका बासिन्दाहरूलाई शरण लिन आग्रह गरेको छ ।

दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफलाई उद्धृत गर्दै भनेको छ कि सोल र वाशिंगटनसँग बढेको तनावको बीचमा प्योङयाङबाट पूर्वी सागरतर्फ मिसाइल प्रहार गरिएको थियो ।