काठमाडौं:= राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो। व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समितिले श्रेष्ठको साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।
उत्ता श्रेष्ठले भने अडियो आफूलाई फसाउन र पार्टीलाई उपनिर्वाचन हराउन ल्याइएको सुनयोजित षडयन्त्र भन्दै आउनु भएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गर्नुभएको हो ।
उहाँले जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गर्नुभएको थियो । उहाँले आफू यसबिरुद्ध न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताउनु भएको थियो ।





















