एजेन्सी (मुम्बई):= बलिउड अभिनेता सलमान खानको चलचित्र ‘किसी का भाइ किसकी जान’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर एक्सन, पारिवारिक ड्रामा र रोमान्सपूर्ण छ । ट्रेलरमा फेरि एकपटक सलमान एक्सन भूमिकामा देखिनुभएको छ ।
साथै पूजा हेगडेसँग उहाँको रोमान्टिक केमेष्ट्री पनि राम्रो देखिएको छ । फरहाद सामजीको निर्देशन रहेको चलचित्रमा सलमान र पूजाको बाहेक शहनाज गिल, पलक तिवारी, दग्गुबती वेंकटेश, सिद्धार्थ निगमलगायत कलाकारहरूको अभिनय छ । चलचित्र इद २१ अप्रिल २०२३ मा सिनेमाघरमा आउँदै छ ।
तलको लिङ्क क्लिक गरेर पूरा भिडियो हेर्नुहोस् :




















