काठमाडौं := ग्लोबल आइएमई बैंकले नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत् सामान किन्दा आठदेखि १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले आठ प्रतिशत वा सात सय ५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउन दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । यो योजना वैशाख १ गतेसम्म मान्य रहने बैंकले जनाएको छ ।




















