युमा साम्यो महासभा मलेसियाको अध्यक्षमा इन्द्रकुमार आङबुहाङ, भाग्यशाली चिट्ठामा सुनको सिक्रीदेखी टर्चलाइटसम्म।

क्वालालम्पुर (मलेसिया):= युमा साम्यो महासभा मलेसियाको ऎतिहासिक चौथो अधिवेशन साथै भाग्यशाली चिट्ठा खुलाइने कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।

अप्रिल ०९ तारिख आईतवार क्वालालम्पुरमा अवस्थित  एनआरएनएको सभाहलमा आयोजित सो कार्यक्रम संस्थाको निबर्तमान अध्यक्ष भरत केदेम लिम्बुको सभापतित्व ,  गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष बिनोद थापाको प्रमुख अतिथ्यता , नेपाली ब्यवसायी समाज मलेसियाको अध्यक्ष  इन्द्र लुम्फुङ्बा लिम्बुको विशेष आतिथ्यता लगायत विभिन्न संघ संस्थाको पदाधिकारीहरुको आतिथ्यतामा भब्य सम्पन्न भएको हो।

सम्पन्न चौथो अधिवेशन कार्यक्रमले इन्द्रकुमार आङबुहाङको अध्यक्षतामा निर्विरोध नयाँ निर्वाचित कार्यसमिति चयन गरेको छ। संस्थाको नयाँ समितीको सल्लाहकारहरुमा क्रमशः  इन्द्र लुम्फुङवा,  अटल सेनेहाङ , कमल काम्बाङ , अमर थेगीम , रवि पालुङवा चयन हुनुभएको छ । त्यस्तै संस्थाको संस्थापकमा पेशल माबुहाङ् (दिल दुखी जन्तरे) र संरक्षकमा भरत केदेम चयन हुनुभएको छ।

त्यसैगरी संस्थाको नव निर्वाचित समितिको बरिस्ठ उपाध्यक्षमा महेन्द्र यक्सो , उपाध्यक्षमा गीता वनेम , उपाध्यक्षमा शान्तिराम इङनाम , महासचिव सुमन येक्तेन , सचिव मनोज कुरुम्बाङ , कोषाध्यक्ष भिम साउदेन ,  सह-कोषाध्यक्ष निर्मल साउदेन चयन हुनुभएको छ।

संस्थाको नव निर्वाचित समितिको सदस्यहरुमा क्रमशः सन्तोष माबुहाङ् , हर्क तुम्बाहाङफे , दिपक साउदेन , चन्द्र सुहाङ , पदम लिम्बु , मानबिर नेम्बाङ ,  कुमार आङदेम्बे , असल साउदेन , रामकुमार पालुङवा , दिनेश फ्याक , भिम लिङदम , बिशाल सेम्बु , नगेन्द्र यक्सो , बिकास माबो , आकाश लिम्बू , दिल कुमार साँबा , बिनिता लिम्बू , पुजा कङलिवा , सुनिता चेम्जोङ, तुला नेयोङ, वीरबहादुर लिवाङ , सुनिता जवेगु , सानुमाया सेनेहाङ , सुमित सेनेहाङ , बिकास माबो, कापोबा चुम, उमा खजुम , प्रकाश साँबा , हिमाल लिम्बु , सन्तकुमार सिङघक , भिम इवारम थेबे , इसाम वाजी , भिम लिङदम चयन हुनुभएको छ।

कार्यक्रम सञ्चालन गर्दै सुमन यक्क्तेन

सुमन यक्क्तेनले सञ्चालन गरेको सोही अधिवेशन कार्यक्रममा भाग्यशाली चिट्ठा खुलाइने कार्यक्रम समेत राखिएको थियो । मलेसियाको विभिन्न प्रान्तमा बसोबास गर्ने नेपालीहरुले सो भाग्यशाली चिट्ठा खरिद गरेका थिए।

भाग्यशाली चिट्ठा परेकाहरुको नमावली निम्न प्रकारको रहेको छ :
प्रथम पुरस्कार (सुनको सिक्री): टिकट नम्बर ०५३९
विजेताको नाम : बुद्धराज योङ्हाङ्
दोस्रो पुरस्कार (टेलिभिजन): टिकट नम्बर ०९३०
विजेताको नाम : मानविर नेम्वाङ्
तेस्रो पुरस्कार (मोबाईल): टिकट नम्बर ०५४१
विजेताको नाम : सुनिता तामाङ
चौथो पुरस्कार (टर्च लाईट): टिकट नम्बर ०५९३
विजेताको नाम : अटल सेनेहाङ्
पाँचौ पुरस्कार ( आईरन ): टिकट नम्बर ०७१६
विजेताको नाम : मोहन न्यौपाने

आफ्नो मन्तव्य राख्दै पेशल माबुहाङ्

कार्यक्रममा युमा साम्यो महासभा मलेसिया संस्थाको स्थापनाको औचित्य र कारणबारे संस्थापक पेशल माबुहाङ्ले उपस्थित सम्पुर्णमा जानकारी गराउनुभएको थियो, भने नेपालमा याक्थुम्बा लिम्बु समुदायको बसोबास र इतिहासबारे प्रकाश पार्नुभएको थियो।

एनआरएनए अध्यक्ष बिनोद थापाले मन्तव्य राख्दै
नेपाली ब्यावसायी समाज मलेसिया अध्यक्ष इन्द्र लिम्बुले मन्तव्य राख्दै
सभापति भरत केदेमले मन्तव्य राख्दै

सञ्चारकर्मी आरएन चौधरी थारुले मन्तव्य राख्दै

सो कार्यक्रममा एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापा , नेपाली ब्यवसायी समाज मलेसिया अध्यक्ष इन्द्र लिम्बु , स्थानीय सञ्चारकर्मी आरएन चौधरी थारु , कृष्ण गुप्ता र मलेसियामा रहेका विभिन्न संस्थासंस्थाका पदाधिकारीहरु तेह्रथुम सम्पर्क मंच मलेसियाको तर्फबाट रमेश थापा , तोया रोशन ढकाल , शन्तकुमार सिङ्घक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो , भने कार्यक्रममा स्थानीय नेपाली श्रमिक दर्शकहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

साथै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारहरुले नेपाली संगसंगै याक्थुम्बा लिम्बुको भाषा संस्कृति झल्किने परम्परागत बाजागाजासहित याक्थुम्बा भाषाको गीतमा गायन र धान नाच नृत्य समेत प्रस्तुति पस्केका  थिए ।