एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलमा सनराइजर्स हैदराबादले पञ्जाव किङ्सलाई ८ विकेट पराजित गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा मायांक मार्कन्डे र राहुल त्रिपाटी चम्केपछि हैदरवादाले पञ्जावलाई ८ विकेटले हराएको हो ।
पञ्जावको अपराजित यात्रामा ब्रेक लगाउँदै हैदरावादले यस सिजिनको पहिलो जित हात पारेको हो। पञ्जावको हारपछि जारी १६औ संस्करणको आईपीएलमा अब अपराजित टिम बाँकी छैन । पञ्जावले दिएको १४४ रनको लक्ष्य हैदराबादले १७ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
टस हारेर ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन बनाएको थियो। पञ्जावको हारपछि जारी १६औ संस्करणको आईपीएलमा अब अपराजित टिम बाँकी छैन । आइतबारै कोलकताले गुजरात टाइटन्सलाई पराजित गरेको थियो । तेस्रो चरणसम्म पुग्दा कम्तीमा सबै टोलीले एक खेल हारेका छन्।
अहिलेसम्म जितविहीन रहने मध्ये दिल्ली क्यापिटल्सले लगातार तीन र मुम्बई इन्डियन्सले लगातार दुई खेल हारेको छ ।लागातार दुई हारपछि जितको खाता खोल्दै हैदरवादले २ अंक जोडेको छ र आठौं स्थानमा छ । पञ्जावको तीन खेलबाट ४ अंक छ र रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ ।




















