आईपीएल क्रिकेट: मुम्बई इन्डियन्सलाई ७  विकेटले हराउँदै चेन्नाई सुपर किङ्सको दोस्रो जित।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किङ्सले दोस्रो जित हात पारेको छ । चेन्नाईले शनिबार वान्खडे रङ्गशालामा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई ७  विकेटले हराउँदै सहज जित हात पारेको हो।

घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।

जितसँगै तीन खेलबाट चार अङ्क जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ । दुई खेलमा अङ्कविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको थियो । आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे गुजरात र कोलकाताबीच अहमदाबादमा खेल हुनेछ । त्यस्तै, दोस्रो खेलमा बेलुका पौने ८ बजे हैदराबाद र पञ्जाब खेल्नेछन् ।