आईपीएल क्रिकेट: लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हरायो।

एजेन्सी := ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले दोस्रो जित हात पारेको छ । शुक्रबार राति एकना स्टेडियम लखनउमा घरेलु टोलीले सनराइजर्स हैदराबादमाथि ५ विकेटले हराउँदै जित हात पारेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लखनऊले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि हैदरवाद भने अंकविहीन हुँदै पुछारमा छ ।

लखनउको जितमा कप्तान केएल राहुलले सर्वाधिक ३५ रन बनाउँदा क्रुनाल पान्ड्याले ३४, कायल मेयर्स १३ रन, निकोलस पुरनले अविजित ११ तथा मार्कस स्टोइनिसले अविजित १० रन बनाए । हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।हैदराबादका राहुल त्रिपाठीले ३५, अनोमलप्रित सिंहले ३१, अब्दुल सामदले अविजित २१ तथा वासिन्टन सुन्दरले १६ रन बनाए । लखनउको जितमा क्रुनाल पान्ड्याले ३, अमित मिश्राले २ तथा यश ठाकुर र रवि विश्नोईले समान १/१ विकेट लिए ।