काठमाडौं := प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको १० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले बिहीवार सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रममा सहमति जुटाएको हो।
सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् । कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरू पनि उपस्थित रहेका थिए ।
पूर्णपाठ-



















