करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा रियलले बार्सिलोनालाई ४-० गोलले हरायो।

एजेन्सी := फुटबलर करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। बार्सिलोनाकै घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४-० ले हराउँदै सानदार जित निकालेको हो ।

यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा रियल बार्सिलोनासँग १-० ले पराजित भएको थियो । तर दोस्रो लेगमा रियलले सानदार प्रदर्शन गर्दै जित निकालेको हो ।रियलका लागि पहिलो हाफको इन्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बेन्जेमाले ह्याट्रिक गरे । उनले ५०औं, ५८औं र ८०औं मिनेटमा गोल गरे । रियलले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ ।