क्वालालम्पुर (मलेसिया):= युमा साम्यो महासभा मलेसियाको ऎतिहासिक चौथो अधिवेशन साथै भाग्यशाली चिट्ठा खुलाइने कार्यक्रम आयोजना हुने भएको छ ।
सो अधिवेशन कार्यक्रम यहीँ मिति सन् २०२३ को अप्रिल ०९ तारिख आईतवारको दिन राजधानी क्वालालम्पुरमा अवस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) को सभाहलमा आयोजना हुने तय भएको युमा साम्यो महासभा मलेसियाको अध्यक्ष भरत केदेमले जानकारी दिनुभयो।

प्रवास मलेसियामा सन् २०१८ सालमा स्थापना भैइ युमा साम्यो महासभा मलेसियाले यहाँ वैदेशिक रोजगारीको सिलसिलामा कार्यरत रहेको याक्थुङ्बा लिम्बूहरुलाई एकजुट गरि याक्थुङवा धर्म,संस्कृतिको जगेर्ना गर्ने मात्रै नभई प्रवासमा कुनै नेपालीमाथी परिआएको खण्डमा आर्थिक भौतिक सहयोग गर्ने कार्य पनि गर्दै आईरहेको छ।

साथै युमा साम्यो महासभाले नेपालमा पनि याक्थुङ्बा धर्म संस्कृति जगेर्ना गर्ने कार्यमा पनि सक्दो आर्थिक सहयोग सहकार्य गर्दै आएका छ्न। यस् कार्यक्रममा सहभागी हुनलाई सभाका अध्यक्ष भरत केदेमले लिम्बू समुदायसंगसंगै सम्पुर्ण नेपाली जनसमुदायमा हार्दिक निमन्त्रणा सहित आह्वान गर्नुभएको छ।



















