काठमाडौं:= सरकार विस्तारमा जुटेका सत्ता साझेदार दलहरूले सकेसम्म धेरै मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेका बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष दलका शीर्ष नेताहरूले औपचारिक रूपमा मन्त्रालयमा दाबी पेश गरेका हुन् ।
गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्रीले भने कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८ मन्त्रालय लिन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभामा ३२ सिट जितेको नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरिरहेको भए पनि ८८ सिटसहित कांग्रेस सबैभन्दा ठूलो पार्टी हो ।
यसैगरी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी ) ले तीन तीन मन्त्रालय आफूले पाउनु पर्ने माग राखेका छन् । नेकपा एस र जसपालाई प्रधानमन्त्रीले दुई दुई मन्त्रालय प्रस्ताव गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ । जनमत पार्टीबाट एक जना मन्त्री छन् । उसले थप एक राज्यमन्त्री मागेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।




















