नेपाली जनसम्पर्क समिती मलेसियाद्वारा आयोजित वनभोज कार्यक्रम सम्पन्न(फोटो फिचरसहित)

क्वालालम्पुर (मलेसिया):= नेपाली काँग्रेस पार्टीको विदेश संगठन नेपाली जनसम्पर्क समिती मलेसियाको आयोजनामा आईतवार आयोजित वनभोज कार्यक्रम – २०२३ भब्य सम्पन्न भएको छ।

मलेसियाको रावाङ्गमा अवस्थित रमणीय पर्यटकीय ठाउँ कान्चिङ फोरेस्ट वाटरपार्कमा आयोजित सो वनभोज कार्यक्रम समितीका सभापति चोलाकान्त पंगेनीको सभापतित्व , नेपाली राजदूतावास मलेसियाको महामहिम राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यता तथा नेपाली दूतावासकै उपनियोग प्रमुख (DCM) मोती बहादुर श्रीस , प्रथम सचीव तथा सूचना प्रशासन प्रमुख प्रतिक कार्की , गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका संस्थापक सल्लाहकार शंकर पौडेल, एनआरएनए मलेसियाका पुर्व अध्यक्ष तथा अहिलेका डिआरसी हरि भट्टराईको विशेष अतिथ्यता लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको अतिथ्यतामा सम्पन्न भएको हो।

सन्तोष रिजालले सञ्चालन गरेको उक्त वनभोज कार्यक्रमका प्रमुख अतिथि राजदूत डिल्लीराज पौडेलले: देशभित्र मात्रै नभएर प्रवास मलेसियामा पनि राजनीतिक पार्टी नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिती मलेसिया च्याप्टरको आयोजनामा आयोजित यस् वनभोज कार्यक्रमले मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिक बीचमा एक-आपसमा सहिष्णुता र भाईचाराको सम्बन्ध थप प्रगाढ हुने बताउनुभयो।

नेपाली दूतावासका महामहिम राजदूत डिल्लीराज पौडेलले मन्तव्य राख्नुहुँदै ।

साथै राजदूत पौडेलले प्रवासमा पनि यस्ता किसिमको रचनात्मक वनभोज कार्यक्रमले नेपाली समाजको स्थायित्व झल्कने , विदेशमा पनि कुनै एक नेपालीमाथी परि आएको खण्डमा सबै नेपाली समुदाय मिलेर एकजुट भएर सहयोग समन्वय गर्न सकिने भन्ने एक किसिमको यस् कार्यक्रमले दरिलो उदाहरण दिइएको बताउनुभयो। राजदूत पौडेलले , वनभोज कार्यक्रममा दूतावासलाई पनि निमन्त्रणा गरेकोमा आयोजक जनसम्पर्क समिती , उपस्थित दर्शक , मिडियाकर्मी लगायत सबैलाई हार्दिक धन्यवाद प्रक्रट गर्नुभएको थियो।

त्यस्तै वनभोज कार्यक्रमको सभापति चोलाकान्त पंगेनीले यो कार्यक्रम मलेसियामा इतिहासिक कार्यक्रम रहेको तर्कगर्दै यस् कार्यक्रमलाई सफल बनाउन आर्थिक भौतिक सहयोग गर्नुहुने उपस्थित सम्पुर्णमा धन्यवाद प्रकट गर्नुभयो। साथै जनसम्पर्क समिती मलेसियाले वनभोज कार्यक्रम मात्रै नभैइ विभिन्न कारणले मलेसियामा पीडित नेपाली श्रमिकहरुलाई पनि सक्दो आर्थिक भौतिक सहयोग गर्दै आईरहेको उपस्थित सम्पुर्णलाई स्मरण गराउदै दूतावासको ध्यानाकर्षण गराउनुभयो।

जनसम्पर्क समिती मलेसियाको सभापति चोलाकान्त पंगेनिले आफ्नो मन्तव्य राख्नुहुँदै।

वनभोज कार्यक्रममा उपस्थितहरुलाई खानपिनको लागि समितीका पदाधिकारीहरुले आफैंले खसीको मासुको परिकार, पुलाउ , अचार , सेलरोटी , पकौडा , अण्डा , कुखुराको सोष्ट लगायतका विभिन्न परिकार बनाएर खानलाई पस्केका थिए।
उपस्थित सबैजनाले खानाको भरपुर मनोरञ्जन लिदै स्थानीय कलाकारहरुको साथमा सांगीतिक प्रस्तुतिमा नाचगान समेत गरेका थिए।