भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा गरे आत्महत्या।

एजेन्सी (बनारस):= भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गर्नुभएको छ । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गर्नुभएको बताइएको छ ।

आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्रअन्तर्गत पर्सीपुरकी हुनुहुन्थ्यो । उहाँ भोजपुरी उद्योगकी लोकप्रिय अभिनेत्री हुनुहुन्छ । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले किन आत्महत्या गर्नुभयो भन्ने कुरा भने खुल्न सकेको छैन् ।