मलेसियामा ५६ जना नेपाली युवाहरु काम नपाएर अलपत्र अवस्थामा, के समस्याको समाधान होलान् ?

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएका ५६ जना नेपाली युवा कामबिहिन अलपत्र अवस्थामा बन्धक जीवन बिताउन बाध्य भएको छ।

काठमाडौंस्थित भन्डारी ओभरसिज ( Bhandari overseas pvt ltd ) मेनपावर कम्पनीमार्फत यहीँ बर्ष सन २०२३ को गएको जनवरी महिनामा ६ तारिख मलेसियाको सेलाङ्गरस्थित एडिके सोलुसन एसडिएन बिएचडी (ADK SOLUTION SDN BHD ) नामक कम्पनीमा काम गर्न आएर बिगत २ महिना भैइसक्दा पनि काम बिहिन अवस्थामा बिना पारिक्ष्रमिक भोकभोकै जीवन बिताउन बाध्य रहेको ती कामदारहरुले बताएका छ्न।

ती कामदारहरु सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भएका (एजेन्ट) रामचन्द्र साह र सप्तरीकै राजगढ गाउँपालिका घर भएका सत्रुधन मण्डल मार्फत म्यानपावर कम्पनीलाई २ लाखदेखि ३ लाख ९५ हजार रुपैयाँ बुझाएर मलेसिया पुगेको , साथै अन्य कामदारहरु पनि सोही अनुरुप लाखौं रुपैयाँ म्यानपावरलाई बुझाएर आएको पीडित कामदारहरु मध्यका एक नेपाली उमेश कुमार मण्डलले बताउनुभयो।

जानकारी अनुसार मलेसियाको विमानस्थलमा कार्गोमा काम गर्नेगरी महिनाको रु. १ लाख रुपैयाँ कमाई हुने प्रलोभन देखाएर आफूहरूसँग पैसा असुलेर मलेसिया पठाए पनि अहिले सम्म कम्पनिले हामिलाई काममा नलगाएको उहाँले बताउनुभयो। काम नपाउदाँ खान वस्न पनि समस्या भइरहेको भए ता पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरूको सामूहिक खिचिएको सामाजिक संजालमा भाइरल भिडियोमामा समेत भनिएको छ।

सुरु – सुरुमा कम्पनीले एक हप्ता सम्म खान बस्न दिए पनि अहिले खाना समेत नदिएको उहाँहरुको गुनासो रहेको छ । नेपालबाट मलेसिया बोकेर आएको मोवाईल सस्तोमा बेचेर खान बस्न बाध्य रहेको उहाँहरुले बताउनुभयो । उहाँहरूलाई खान बस्न र सुत्ने स्थानको समेत प्रबन्ध नभएको भिडियोमा देखाएका छन् ।

यता यस् बिषयमा मलेसियास्थित नेपाली दूतावासको श्रम सहचारी भोला गुरागाईले मलाया खबरलाई दिइएको जानकारी अनुसार दूतावासले भण्डारी ओभरसिज म्यानपावर कम्पनीको सञ्चालक माधव भण्डारी र मलेसियाको रोजगारदाता कम्पनी एडिके सोलुसन एसडिएन बिएचडीको प्रतिनिधि अनि कामदारहरु लाई संगै एकै ठाउँमा राखेर  कामदारको समस्या समाधान गर्नेबारे छलफल भैइसकेको बताउनुभयो।

श्रम सहचारी गुरागाईंले भने अनुसार दूतावासले ती कामदारहरुलाई जुन काममा भनेर मलेसिया ल्याइएको हो त्यहीँ काममा लगाईदिन र काम नदिइएपनी न्युनतम पारिक्ष्रमिक उपलब्ध गराउन साथै खाना र बस्नको लागि तुरुन्त उचित ब्यवस्थापन गर्न निर्देशन दिइएको भन्नुभयो।