क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले विदेशी कामदारहरूको लागि मलेसियामा काम गर्न आउने नयाँ स्वीकृति आवेदन प्रक्रिया अर्को सूचना नभएसम्मको लागि रोकेको , बन्द गरेको छ।
मलेसियाको मानव संसाधन मन्त्री वी शिवकुमारले बताए अनुसार मलेसियाको रोजगारदाता कम्पनीहरुले आवेदन दिइएको मध्य अध्यागमन र सम्बन्धित मन्त्रालयबाट स्वीकृत भैइसकेको ९ लाख ९५ हजार ३ सय ९६ कामदारलाई पहिले छनोट गर्न र मलेसिया ल्याउन अनुमति दिने गरी निर्णय गरिएको उनले बताए ।
उनले थपे कि अस्थायी निलम्बनलाई तत्काल अहिलेदेखीनै लागू गरेका छौँ। हामीले स्वीकृति दिइसकेकोलाई ल्याउने हो र अबदेखि नयाँ स्वीकृति नदिने निर्णय गरेका छौँ , साथै यसमा कागजात नभएका कामदारहरूलाई पुन: क्यालिब्रेसन योजना अन्तर्गत कामदारहरूको लागि आवेदन दिनेहरूलाई पनि समेटेका छौँ उनले भने।

मन्त्री शिवकुमारका अनुसार रोजगारदाताले स्वीकृत कामदारको आगमन सुनिश्चित गरि सकेसम्म चाँडो मलेसिया ल्याउन र आवश्यक परेको जानकारी दिइएपछि र आग्रह गरेपछि मात्र निलम्बन फुकुवाको समीक्षा हुनेछ।
“हामीले अहिलेसम्म निर्माण, सेवा, उत्पादन, कृषि, उत्खनन र खानी, र वृक्षारोपण जस्ता सबै क्षेत्रहरूमा मार्च १४ तारिखसम्म ९ लाख ९५ हजार ३ सय ९६ जना कामदारहरूलाई अनुमोदन गरिसकेका छौं , र अनुमोदन भैइसकेका कामदारहरुलाई ल्याउने मिल्नेछ्न।
“यसमा उत्पादन, निर्माण, वृक्षारोपण, कृषि, साथै खाद्य र पेय पदार्थ जस्ता पाँच महत्वपूर्ण क्षेत्रहरूको लागि सामान्य अनुमोदन प्रक्रियाहरू र आरामदायी प्रक्रियाह रू समावेश छन्,” उनले जारी गरेको एक विज्ञप्तिमा भने।
शिवकुमारले यो संख्या महत्वपूर्ण क्षेत्रलगायत सबै क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको माग पूरा गर्न पर्याप्त रहेको कोटा पुगेको बताए। उनले आ-आफ्नो कोटामा स्वीकृत भएका रोजगारदातालाई तोकिएको अवधिभित्र मलेसिया ल्याउने प्रक्रियालाई तीव्रता दिन आग्रह गर्दै कुल स्वीकृतिको तुलनामा प्रवेश गर्नेको संख्या न्यून रहेको बताए । Bernama



















