[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको विदेश (प्रवास) संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको आयोजनामा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
यहीँ मार्च १२ तारिख आईतवारको दिन राजधानी क्वालालम्पुरमा अवस्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा जनसम्पर्क समिति मलेसियाको सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा आयोजित एक भेटघाट कार्यक्रमको बीच वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत सयौंजना युवा,युवतीहरु जनसम्पर्क समिति (कांग्रेस) मलेसियामा प्रवेश गर्नु भएको हो।
मलेसियामै कार्यरत नेपाली श्रमिक युवा मिलन शाही ठकुरीको नेतृत्वमा नेकपा एमाले र माओवादी परित्याग गरि सयौंको संख्यामा कांग्रेस पार्टीमा प्रवेश गरेको समितिको सल्लाहकार सन्तोष प्रसाद रिजालले जानकारी दिनुभयो।

त्यस्तै नेपाली जनसम्पर्क समिति मलेसियाले आफ्नो स्थापनाकाल देखिनै यहाँ मलेसियामा कार्यरत नेपाली पीडित , दुखित कामदारहरुलाई आवश्यक परेको खण्डमा आर्थिक भौतिक सहयोग गर्दै आईरहनु भएको छ।
केहि दिन अगाडि मात्रै समितिका सभापति चोलाकान्त पंगेनीले आफ्नो जन्म दिनको शुभ अवसरमा मलेसियामा विभिन्न कारणले पीडित भैइ र जेल सजाय पूरा गरि हवाई टिकटको अभावमा नेपाल स्वदेश फर्किन नपाएका ५ जना नेपालीहरुको लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग स्वरुप हवाई टिकट दूतावासलाई उपलब्ध गराई सक्नु भएको छ।

यता दूतावासले पनि दिइएको जानकारी अनुसार सभापति चोलाकान्त पंगेनीले सहयोग स्वरुप उपलब्ध गराउनुभएको हवाई टिकटले जेल सजाय पूरा गरेर टिकट अभावमा अध्यागमन बिभागमा रहेका दुई जना पीडित नेपालीहरु टिकट पाएर स्वदेश फर्किइ सक्नुभएको र अन्य केहि पीडित नेपालीहरुलाई पनि सभापति पंगेनीले उपलब्ध गराउनुभएको हवाई टिकटको सहायताले स्वदेश फर्काइने बताउनुभयो।



















